कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ११ डोके बजारबाट लागू औषध खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त प्रहरी टोलीले पुनर्वास- ११ डोकेबजारका सुनिल तामाङलाई लागू औषध सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा तामाङको घरमा रितपूर्वक खानतलासी गर्दा शुद्ध तौल ७ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद भएको हो ।

बरामद लागू औषधसहित तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।