कञ्चनपुरको पुनर्वासमा टिप्पर र स्कुटर ठोकिएर दुईजना गम्भीर घाइते भएका छन् । पुनर्वास नगरपालिका वडा नम्बर ५ को हुलाकी सडक खण्ड अन्तरगत सिमरी र दोदा पुल बिचको क्षेत्रमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा स्कुटरमा सवार डडेलधुराको भागेश्वर गाउँपालिका वडा नम्बर ४ बस्ने प्रकाश ठकुराठी र धनगढी उपमहानगरपालिका वडा नम्बर १३ बस्ने प्रकाश सिंह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

धनगढी बाट पुनर्वास तर्फ आउदै गरेको खापर कन्सट्रक्सनको लु २ ख ३५३२ नम्बरको टिप्पर र बा ८९ प ७३७६ नम्बरको स्कुटर ठोकिंदा उक्त दुर्घटना भएको हो ।

घाईतेहरुको उपचारका लागि धनगढी स्थित निसर्ग अस्पतालमा पुरयाईएको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक महेश बिक्रम शाहीले जानकारी दिनुभयो ।