कञ्चनपुरको पुनर्वासमा आइतबार देखी नगर स्तरीय छैठौं संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । पुनर्वास–६ मा रहेको श्री जिबन ज्योति माविको खेलमैदानमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता उद्घाटन गरीएको छ । पुनर्वासका २६ माध्यमिक तहका बिद्यालयहरु मध्ये २० बिद्यालय सहभागी रहेको प्रतियोगितामा सहभागी बिद्यालयले मार्चपास, मसाल दौड प्रदर्शन गरेका थिए । आइतबार राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उद्घाटन संगै मार्चपास, मसाल दौड र १ हजार ५ सय मिटरको छात्र–छात्रा दौड समेत भएको   छ । 
आइतबार भएको मार्चपासमा पुनर्वास–४ मा रहेको श्री दुर्गा माध्यामीक बिद्यालयले प्रथम स्थान हासिल गरेको छ । यस्तै पुनर्वास–६ मा रहेको श्री पुनर्वास जनता मध्यामीक बिद्यालयले द्धितिय स्थान हासील गरेको छ । मार्चपासमा तृतिय स्थान दुई बिद्यालयले प्राप्त गरेका छन् । पुनर्वास–२ मा रहेको श्री सरस्वती मध्यामीक बिद्यालय र पुनर्वास–६ मा रहेको प्रतियोगीता आयोजक जिबन ज्योति मध्यामीक बिद्यालयले तृतिय स्थान हासिल गरेका छन् ।

यो संगै आइतबार नै १ हजार ५ सय मिटरको छात्र–छात्रा दौड समेत भएको थियो । छात्र तर्फ १ हजार ५ सय मिटरको दौडमा जिबन ज्योति माध्यामीक बिद्यालयले स्वर्ण र कास्य पदक हात पारेको छ । जिबन ज्योतिका छात्र भक्त भुलले स्वर्ण र राजेश बि.कले कास्य पदक प्राप्त गरेका छन् । यस्तै गौरीशंकर माध्यामीक बिद्यालयका छात्र सरन थापाले रजत पदक प्राप्त गरेका छन् ।


यो संगै छात्रा तर्फ भएको १ हजार ५ सय मिटरको दौडमा पुनर्वास जनता माध्यामीक बिद्यालयको छात्रा पवित्रा सार्कीले स्वर्ण पदक जित्न सफल भएकी छन् । यस्तै जिबन ज्योति मध्यामीक बिद्यालयको छात्रा अन्जली निरौलाले रजत पदक प्राप्त गरेकी छन् भने विजय मध्यामीक बिद्यालयको छात्रा महेश्वरी थापाले कास्य पदक हात पारेकी छन् ।