कञ्चनपुरको पुनर्वासमा जारी नगर स्तरीय छैठौं संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको सोमबार दोस्रो दीन थुप्रै खेलहरु भएका छन् । आजसम्म भएका खेलहरु मध्येबाट पुनर्वास–१० मा रहेको श्री बिजय माध्यामीक बिद्यालयले ८ स्वर्ण र १ कास्य गरी ९ पदक जित्न सफल भएको छ । यस्तै पुनर्वास–६ मा रहेको प्रतियोगीता आयोजक जिबन ज्योति माध्यामीक बिद्यालयले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदकमा आफ््नो नाम लेखाएको छ ।

यस्तै पुनर्वास–७ मा रहेको श्री बालवागिश्वरी माध्यामीक बिद्यालय र पुनर्वास–६ मा रहेको श्री पुनर्वास जनता माध्यामीक बिद्यालयले समान २–२ स्वर्ण पदक जितेका छन् । बालवागिश्वरी माबिले २ स्वर्ण पदक बाहेक अन्य पदक जित्न सकेको छैन भने पुनर्वास जनता माबिले थप १ रजत र ३ कास्य गरी ६ पदक जित्न सफल भएको छ ।

यस्तै पुनर्वास–५ मा रहेको श्री गौरीशंकर माध्यामीक बिद्यालय, पुनर्वास–२ मा रहेको श्री सरस्वती माध्यामीक बिद्यालय र पुनर्वास–४ मा रहेको श्री दुर्गा माध्यामीक बिद्यालयले समान १–१ स्वर्ण पदक जितेका छन् । यस्तै संस्थागत बिद्यालयहरु मध्येबाट पुनर्वास–८ मा रहेको श्री ओरेण्ट इ. बोर्डिङ स्कुल र पुनर्वास–१० मा रहेको श्री दुर्गा सेकेण्डरी स्कुलले समान १–१ स्वर्ण पदक जितेका छन् ।

यो संगै गौरीशंकर र सरस्वती माबिले थप २ रजत र २ कास्य गरी ५ पदक जित्न सफल भएका छन भने दुर्गा माबिले पनी थप १ रजत र १ कास्य गरी ३ पदक जित्न सफल भएका छ । यस्तै ओरेण्ट इ. बोर्डिङ स्कुलले थप १ रजत र २ कास्य गरी ४ पदक जिेको छ भने दुर्गा सेकेण्डरी स्कुलले थप २ रजत र ३ कास्य गरी ६ पदक जित्न सफल भएको छ ।

यो संगै प्रतियोगीतामा पुनर्वास–८ मा रहेको वागिश्वरी माध्यामीक बिद्यालयले ६ रजत र २ कस्य गरी ८ पदक जितेको छ । यस्तै पुनर्वास–६ मा रहेको श्री खप्तड इ. बोर्डिङ स्कुलले २ रजत र २ कास्य गरी ४ पदक जितेको छ भने पुनर्वास–९ मा रहेको जीवनशक्ति माध्यामीक बिद्यालयले समान १ रजत र १ कास्य गरी २ पदक जित्न सफल भएको छ । यो संगै पुनर्वास–६ मा रहेको श्री युगज्योती एकेडमी र पुनर्वास–३ को जनकल्याण माध्यामीक बिद्यालयले १–१ रजत पदक मात्रै जित्न सफल भएको छ ।

यस्तै प्रतियोगीतामा हालसम्म ५ बिद्यालयले कास्य पदक मात्रै जितेका छन् । पुनर्वास–९ र ११ मा रहेको राष्ट्रिय माध्यामिक बिद्यालय बिचफाँटा र अमरबस्तीले समान १–१ कास्य पदक जितेका छन् । यस्तै पुनर्वास–१ मा रहेको शान्ति माध्यामिक बिद्यालय र ब्रिलेण्ट स्टार बोर्डिङ स्कुलले समान १–१ कास्य पदक जितेका छन् । यस्तै पुनर्वास–३ मा रहेको एस.पि.एल एकेडमीले पनी १ कास्य पदक जित्दै आफ्नो बिद्यालयको खाता खोलेको छ ।