कञ्चनपुरको पुनर्वासमा जारी नगर स्तरीय छैठौं संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको मङ्गलबार समापन गरिएको छ । आइतबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न विधाका खेलहरू भएका थिए।

प्रतियोगिताको उपाधि विजय माविलाई : 

समापनसम्म भएका खेलहरु मध्येबाट पुनर्वास–१० मा रहेको श्री बिजय माध्यामीक बिद्यालयले ९ स्वर्ण, ५ रजत र ५ कास्य गरी १९ पदक जित्दै राष्ट्रपति रनिङशील प्रतियोगिताको विजेता बन्न सफल भएको हो ।

उपविजेता बन्न सफल जीवनज्योति मावि : 

यस्तै पुनर्वास–६ मा रहेको प्रतियोगीता आयोजक जिबन ज्योति माध्यामीक बिद्यालयले ८ स्वर्ण, ४ रजत र ८ कास्य गरी २० पदक जित्दै प्रतियोगिताको उपविजेता बन्न सफल भएको छ ।

तृतीय बन्न सफल पुनर्वास जनता मावि :

यस्तै पुनर्वास–६ मा रहेको श्री पुनर्वास जनता माध्यामीक बिद्यालयले ८ स्वर्ण तीन रजत र ९ काश्य गरी २० पदक जित्दै तेस्रो स्थानमा जित निकाल्न सफल भएको छ ।

तीन स्वर्ण पदक जित्ने विद्यालय :

पुनर्वास- ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालय र पुनर्वास- ८ मा रहेको बागेश्वरी माध्यमिक विद्यालयले समान ३-३ स्वर्ण पदक जितेका छन् । बागेश्वरी माविले ७ रजत र ४ कास्य पदक हात पर्दा जनकल्याण माविले भने ३ रजत पदकमै चित्त बुझाउनु परेको छ भने जनकल्याण माविले कुनै पनि काश्य पदक जितेको छैन ।

दुई स्वर्ण पदक जित्ने विद्यालय :

यस्तै नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा चार विद्यालयले समान दुई- दुई स्वर्ण पदक जितेका छन् । पुनर्वास-५ मा रहेको श्री गौरीशंकर माध्यमिक विद्यालय, पुनर्वास-७ मा रहेको श्री बाल बागिश्वरी माध्यमिक विद्यालय, पुनर्वास २ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालय र पुनर्वास १० मा रहेको श्री दुर्गा सेकेन्डरी स्कुलले समान दुई-दुई स्वर्ण पदक जितेका छन्। यो सँगै गौरीशंकर माविले ५ रजत र ५ काश्य पदकमा जित निकालेको छ । यस्तै बालबागेश्वरी माविले थप एक काश्य पदक मात्रै जित्न सफल भएको छ । सरस्वती माविले भने ३ रजत र ५ काश्य पदक जितेको छ । यस्तै दुर्गा सेकेन्डरी स्कुलले समान दुई रजत र दुई काश्य पदक हात पारेको छ।

एक स्वर्ण पदक जित्ने विद्यालय :

यस्तै प्रतियोगितामा तीन विद्यालयले एकवटा मात्रै स्वर्ण पदक हात पारेका छन्। पुनर्वास ८ मा रहेको ओरेन्ट इङ्ग्लिस बोर्डिङ स्कुल, पुनर्वास ४ मा रहेको दुर्गा माध्यमिक विद्यालय, पुनर्वास ९ मा रहेको जीवनशक्ति माध्यमिक विद्यालयले एक-एक ओटा स्वर्ण पदक आफ्नो नाममा लेखाएका छन् । योसँगै ओरेन्ट स्कुल र दुर्गा माविले १ रजत र २ काश्य पदक जित्न सफल भएका छन् । यस्तै जीवनशक्ति माविले भने १ रजत र १ काश्य पदक मात्रै जितेको छ ।

रजत पदक मात्रै जित्ने विद्यालय : 

राष्ट्रपति रनिङशील प्रतियोगिता अवधिभर एक मात्रै रजत पदक जित्ने विद्यालय पुनर्वास-६ मा रहेको युगज्योति एकेडेमी बनेको छ ।

 काश्य पदक मात्रै जित्ने विद्यालय : 

यस्तै काश्य पदक मात्रै जित्ने विद्यालय दुईवटा रहेका छन् । पुनर्वास-९ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयले ३ काश्य पदक जितेको छ भने पुनर्वास १ मा रहेको श्री बिलियन्ट स्टार बोर्डिङ स्कुलले १ काश्य पदक मात्रै जितेको छ ।

रजत र काश्य पदक मात्रै जित्ने विद्यालय :

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पुनर्वास-६ मा रहेको श्री खप्तड बोर्डिङ इङ्लिस स्कुलले २ रजत र २ काश्य पदक जित्न सफल भएको छ । यस्तै पुनर्वास ११ मा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयले १ रजत र ३ काश्य पदक जितेको छ। यस्तै पुनर्वास १ मा रहेको श्री शान्ति माध्यमिक विद्यालयले १ रजत र १ काश्य पदक हात पारेको छ । यस्तै पुनर्वास ३ मा रहेको एसपीएल एकेडेमीले २ रजत र १ कास्य पदक जित्न सफल भएको छ।

६ विद्यालयले कुनै पनि पदक जित्न सकेन् :

पुनर्वास नगरपालिकामा भएको नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता ६ वटा विद्यालयले कुनै पनि पदक जित्न सकेन । श्री सिद्धनाथ विद्या नीकेतन, श्री सिद्धार्थ पब्लिक स्कुल, श्री भानु मेमोरियल इङ्लिस बोर्डिङ स्कुल, श्री बाल रूपान्तर बोर्डिङ स्कुल, श्री रामबुद्ध माध्यमिक विद्यालय र श्री एजी इङ्लिस बोर्डिङ स्कुलले प्रतियोगितामा उपाधि जित्न सकेनन् ।