कञ्चनपुरको पुनर्वास नगरपालिका ८ मा रहेको श्री बागीश्वरी माध्यमिक बिद्यालयको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले स्थापना काल देखी नै बागीश्वरी माविले विभिन्न चुनौतीको सामना गर्दै आएको बताउनुभयो । पछिल्लो समय बिद्यालयले शैक्षिक तथा भौतिक प्रगतिहरू गरेको देख्दा खुसी लागेको बताउनुभयो । साविक पराशनको अग्रणी बिद्यालय बागीश्वरी माविको शैक्षिक प्रगतिका लागि सबैले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने उहाँले सुझाव दिनु भएको थियो ।

बार्षिकउत्सव तथा अभिभावक दिवशमा बिद्यालयका शिक्षक तथा लेखा संयोजक चण्डीप्रसाद सुवेदीले आर्थिक बर्ष २०८१÷८२ को लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले बिद्यालयले कुल १ करोड ८६ लाख ७४ हजार ३५० रूपैयाँ बराबरको आयव्यय गरेको    बताउनुभयो ।

बार्षिकउत्सव समारोहमा बिद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद शर्माले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले २०७६ मंसिर १ गतेदेखि प्र.अ भएर बिद्यालय सञ्चालन गर्दै आएको बताउनुभयो । बिद्यालयकोे हितका लागी व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा बिद्यार्थीहरुको सल्लाह सुझाव लिएर काम गर्दै आएको उहाँले बताउनुभयो । बिद्यालयको पठनपाठन संगै आर्थिक, भौतिक निर्माणका बिषयमा हिजोको भन्दा आज देख्न सक्ने गरी विकास भएको बताउनुभयो ।


बिद्यालय व्यवस्थापन समिति अध्यक्ष राना श्रवणको सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिकाको नगर प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहनु भएको थियो । यस्तै बिशिस्ट अतिथिमा निबर्तमान नगर प्रमुख जिबनराज थापा रहनु भएको थियो । अतिथिहरुमा जनता क्याम्पसका अध्यक्ष पदमबहादुर थापा, बिद्यालयका पुर्व अध्यक्षहरु बुद्धि प्रसाद सुवेदी, र भरतबहादुर बिष्ट, समाजसेवी शंकर बहादुर केसी लगायतको उपस्थीती रहेको थियो । यस्तै नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा सभापति कृष्णबहादुर तामाङ, जनजागरण सामुदायिक बन समिति अध्यक्ष लोकबहादुर कार्की लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षाप्रेमि आम अभिभावक विभिन्न बिद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बिद्यालयको सहायक प्र.अ गंगा बमले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिद्यालयको शिक्षक नेत्र प्रसाद उपाध्यायले गर्नुभएको थियो ।