चैत्र १८ कैलाली : सशस्त्र प्रहरी बल नेपाल नं ७ बैधनाथ बाहिनी मुख्यालयले आफ्नो २५ औ स्थापना दिवश सप्ताह मनाउने क्रममा बृहत २ दिवसीय बिपद ब्यवस्थापन सामाग्री प्रर्दशनी आयोजना गरेको छ ।

चैत्र २२ हुने स्थापना दिवसको अवसरमा स्थापना सप्ताह मनाउने कार्यक्रम अनुसार चैत्र १८ र १९ गते बिपद् ब्यवस्थापन सम्बन्धी तालिम प्राप्त दक्ष कर्मचारीहरुको प्रत्यक्ष सहभागितामा बिपद् ब्यवस्थापन सम्बन्धी सामाग्रीहरुको प्रदर्शनी गरिरहेको छ । बिभिन्न छुट्टाछुट्टै स्टलहरु तयार गरि प्रर्दशनी गरिएको उक्त बाहिनीका निमित्त बाहिनीपती सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग बिजय सुवेदिले जानकारी दिए ।

प्रर्दशनीमा जलउत्पन्न प्रकोप ब्यवस्थापन सामाग्री (water rescue), गोताखोर (Deep Diving), अग्नि नियन्त्रण (Fire fighting), डोरीबाट गरिने उद्धार (Rope rescue), भत्केका संरचनामा गरिने खोज तथा उद्धार (CSSR), संचार मिलाप र मेडिकल उपचार सम्बन्धी बिभिन्न परम्परागत तथा आधुनिक उपकरणहरु प्रर्दशनी गरिएको छ ।

उक्त प्रर्दशनीमा नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त Mass casualty evacuation ambulance bus समेत राखिएको थियो । उक्त एम्बुलेन्स बसमा ECG सहितका आधुनिक मेडिकल उपकरणहरु जडान रहेका र सो एम्बुलेस बस दक्ष डाक्टर सहितको टोली चौबिसै घण्टा स्टेण्डबाई रहने र जसका लागी सेती अञ्चल अपस्पतालसँग आवश्यक समन्वय रहेको ब्यहोरा समेत निमित्त बाहिनीपतिले बताउनु भयो ।

हाल नं. ७ बैद्यनाथ बाहिनीमा सुदुर पश्चिम प्रदेश हेर्नेगरी ११ जना दक्ष गोताखोर टोली पनि चौबिसै घण्टा स्टेण्डबाई रहेको छन । बैधनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग बिजय सुवेदीले उद्धघाटन गर्नु भएको उक्त प्रर्दशनीमा सैनिक आवसिय महाविधालय तेघरी कैलाली, दुर्गालक्ष्मी मा.वि. अत्तरिया कैलाली होलिल्याण्ड ईगंलिस बोर्डिङ्ग स्कुल अत्तरिया, जनकल्याण स्कुल अत्तरिया, पत्रकारहरु, CYC क्लब अत्तरियाका सदस्यहरु, स्थानिय जनताहरुले प्रर्दशनीको अवलोकन गरी विपद् व्यवस्थापन तथा उपकरण सम्बन्धी जानकारी लिएका थिए ।

प्रर्दशनीमा आएका एक जना शिक्षक लिला बास्कोटाका अनुसार यो चेतनामुलक प्रर्दशनीले बिद्यार्थीहरुमा शाहस एंव सचेतना बढाउने, बिपद्को अवस्थामा कसरी सुरक्षित तथा सतर्क रहने भन्ने बिषयको सैद्धान्तिक एंव ब्यवहारीक ज्ञानको बृद्धि गराएको कुरा बताउनुभयो ।

गृहमन्त्रि सुधन गुरुंगले मंगलवार मात्रै सशस्त्र प्रधान कार्यालयको निरिक्षणका क्रममा विद्यालयको पाठ्यक्रममा नै विपद व्यवस्थापन सम्बन्धी विषयवस्तु राखिने बताउनु भएको थियो ।