कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ मा रहेको बोर्डर आउट पोस्ट बि.ओ.पी आँपतालमा सीमा सहजीकरण समितिको बैठक सम्पन्न भएको छ। आइतबार समितिले तीनवटा निर्णय गर्दै पुनर्वास ४ का वडाध्यक्ष मनोज जैशीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा बि.ओ. पि.को जिम्मेवारी इलाकामा भएका या हुन सक्ने विभिन्न अपराधिक गतिविधि नियन्त्रण गर्न लगायत सीमा सम्बन्धि प्राप्त सूचना निरन्तर रुपमा एक आपसमा आदान प्रदान गर्ने निर्णय भएको बि.ओ.पी आँपतालले जनाएको छ ।

यस्तै छलफलमा देशको मेरुदण्डको रुपमा रहेको राजश्व बृद्धि गर्न अवैध रुपमा हुने चोरी निकासी, पैठारी नियन्त्रण रोकथाम गर्नको लागि सरोकारवाला निकायहरुले एक आपसमा समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ ।

यस्तै छलफलमा बि.ओ.पि.को जिम्मेवारी इलाकामा सीमा विवाद, सीमा अतिक्रमण सम्बन्धी विवाद भएमा एक आपसमा समन्वय, सरकार्य गर्ने निर्णय गरिएको छ । बैठकमा समितिका सदस्यहरू, स्थानीय, पत्रकार लगायतको उपस्थिति रहेको थियो।