कञ्चनपुरको बेलौरीबाट लागूऔषध खैरो हिरोइन सहित एकजना पक्राउ परेका छन् । बेलौरी नगरपालिका वडा नम्बर ७ टेडियामा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा प्रहरीले लागू औषध खैरो हिरोइन सहित एकजनालाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका धनगढी-१३ राजपुर बस्ने ४० वर्षीय जियालाल रानालाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट शुद्ध ६ ग्राम खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीको कमाण्डमा खटिएको टोलीले रानालाई पक्राउ गरेको हो । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।