कञ्चनपुरको पुनर्वासमा शारिरिक अपाङ्गता परिक्षण घुम्ती शिविर हुने भएको छ । यहि वैशाख २० गते आइतबारका दिन बिहान ९ बजेदेखि पुनर्वास नगरपालिकाको सभाहलमा एक दिने शारिरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सञ्चालन हुने भएको हो ।

पुनर्वास नगरपालिका कार्यालय तथा विकलाङ्ग मित्र समुह द्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा निःशुल्क अपाङ्गता परिक्षण शिविर हुने पुनर्वास नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख कृष्ण भट्टले जानकारी दिनुभयो । शिविरमा १८ वर्षसम्मका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिने छ ।

घुम्ती शिविरमा निम्न अवस्थाहरुको जाँच गरिनेछ :

१. जन्मजात खुट्टाको पैताला भित्र फर्केको (क्लब फुट)

२. आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको

३. भाँचिएर बाङ्गो भएको वा हड्‌डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ।

४. ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुडाको पाँग्रो खुस्किएको

५. जोर्नीहरू दुख्ने र सुन्निने समस्या भएको ।

६. हड्डी पाकेर पिप आईरहने र हड्डीको टि.वि. रोग लागेको ।

७. औंलाहरू एक-आपसमा टाँसिएको वा बढी भएको

८. शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको

९. अन्य हाडजोर्नी सम्बन्धी समस्या भएको

१०. सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू ।

११. जन्मिदै ओठ तथा तालु फाटेका, गिजामा प्वाल भएका र नाक बाङ्गो भएकाहरू