कैलाली : सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर त्रिनगरले नन्दीनास् एकेडेमीका विद्यार्थीहरूलाई विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई हिउँदको समयमा हुनसक्ने आगलागीजन्य घटनाबाट बच्ने उपाय, आगलागी हुँदा अपनाउनुपर्ने सतर्कता तथा प्राथमिक सुरक्षा उपायबारे जानकारी गराइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनजंग कार्कीले जानकारी दिनुभयो ।

यस्तै वर्षायाम सुरु हुनुअघि बाढी, डुबान तथा अन्य प्राकृतिक विपद् बाट जोगिन अपनाउनुपर्ने सावधानीका विषयमा समेत सचेतना प्रदान गरिएको उहाँले बताउनुभयो। सशस्त्र प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार विपद् कुनै पनि समयमा आउन सक्ने भएकाले पूर्वतयारी र सचेतना नै सबैभन्दा प्रभावकारी उपाय भएको उहाँले बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई घर, विद्यालय तथा समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी जानकारी फैलाउन आग्रह समेत गर्नुभयो ।

 

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरूको सहभागिता रहेको थि

यो ।