पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख तथा अनुगमन समितिकी संयोजक भुलिया कुमारी रानाको संयोजकत्वमा नगर भित्र मलखाद बिक्री–वितरणको डिलरसिप लिएका सहकारी संस्थाहरू संगै एग्रोभेटको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको छ ।  

अनुगमनका क्रममा सहकारीहरूले आफ्नो कार्यक्षेत्रभित्र किसानलाई नियमानुसार मलखाद वितरण गरे–नगरेको, वितरण प्रक्रिया पारदर्शी भए–नभएको तथा सेवा प्रवाहको अवस्थाबारे स्थलगत रूपमा निरीक्षण गरिएको पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले जानकारी दिनुभयो ।

त्यसैगरी मलखाद वितरण गर्दा अपनाइएका प्रक्रिया, मलखादको अभाव हुँदा सहकारीहरूले भोग्नुपरेका चुनौती, ती चुनौती समाधानका सम्भावित उपाय तथा किसानलाई सहज रूपमा मल उपलब्ध गराउने विषयमा समेत सहकारीका प्रतिनिधिसँग छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

अनुगमन टोलीले मलखाद वितरणका लागि अनिवार्य मानिएको अनलाइन भौचर काट्ने व्यवस्था कार्यान्वयन भए–नभएको विषयमा पनि विशेष ध्यान दिई अनुगमन गरेको जनाएको छ । नगर उपप्रमुख भुलिया कुमारी रानाले किसानले समयमै र सहज रूपमा रासायनिक मल प्राप्त गर्नुपर्ने भएकाले वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अनुगमन गरिएको बताउनुभयो । उहाँले अनुगमनबाट प्राप्त सुझाव र देखिएका समस्याका आधारमा आवश्यक सुधारका लागि सम्बन्धित निकायसँग समन्वय गरिने जानकारी दिनुभयो।

पुनर्वासमा मलखाद बितरणको अनुमती पाएको सहकारी संगै एग्रोभेटको अनुगमन गरीएको थियो । पालिकामा १९ वटा सहकारी र २ वटा एग्रोभेटले मलखाद बितरणको अनुमती पाएको थियो । अनुगमनमा पुनर्वास नगरपालिका उप प्रमुख सहित आर्थीक बिकास समितीका संयोजक तथा पुनर्वास ०१ का वडाध्यक्ष मोहन लाल राना योजना तथा सहकारी शाखा प्रमुख शंकर बोगटी, कृषी बिकास शाखा प्रमुख ललीता चौधरी, कृषी बिकास अधिकृत खेमराज जोशी, लगायतले अनुगमान गर्नु भएको हो ।