कैलाली : धनगढीमा रहेको नोभा हस्पिटलमा कुरुवा बसेका एक ब्यक्ती शौचालयमा मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको वेदकोट– ६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराका अनुसार १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको हुन् ।
बुधवार राति २ बजे तिर राना शौचालय गएका थिए । धेरैबेरसम्म नफर्किए पछि हस्पिटलका सुुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।