कञ्चनपुरको पुनर्वास–१० मा रहेको श्री बिजय माध्यामीक बिद्यालयमा नयाँ भवन बन्ने भएको छ । २ तले ४ कोठा रहेको भवनको आइतबार एक कार्यक्रमका बिच पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले शिलन्यास गर्नुभएको छ । ९६ लाख ९९ हजार २ सय ५ रुपैया अनुमानित लागत रहेको सो भवन ए.बि.डी निर्माण सेवाले ६३ लाख १४ हजार ३ सय २९ रुपैँयामा सम्झौता गरी काम सुरु गरेको छ । पुनर्वास नगरपालिकाको बजेटमा उक्त भवन बन्न लागेको हो ।

 भवन शिलन्यास गर्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख रानाले पछिल्लो समय माग र आवश्यक्ताका आधारमा बिद्यालयको भवनहरु बनाउदै गइरहेको बताउनुभयो । विल्डअन संस्थाको सहयोगमा मात्रै एकै वर्षमा पालिका भित्रका ५ बटा बिद्यालयमा भवन निर्माण गरीएको बताउनुभयो । श्री बिजय माध्यामीक बिद्यालयमा उक्त भवन आर्थीक बर्ष २०८१÷८२ को असार मशान्त सम्म बनाइ सक्नुपर्ने छ । बनेका उक्त भवनहरु बिद्यालयको आवश्यक्ताका आधारमा प्रयोग गर्न सक्ने उपप्रमुख रानाले बताउनुभयो ।


यस आर्थीक बर्ष २०८१÷८२ मा पालिकाको बजेटबाट अरु ३ बिद्यालयका भवनहरुको पनी ठेक्का सम्झौता भइ कार्यान्वयन भैइरहको पालिकाको शिक्षा शाखाले जनाएको छ । सरस्वती माध्यामीक बिद्यालय पुनर्वास–२, गौरीशकर माध्यामीक बिद्यालय पुनवास–५ र जिवनज्योती माध्यामीक बिद्यालय पुनर्वास–६ मा नँया भवन बनिरहको शाखा प्रमुख शिबराज भट्टले जानकारी दिनुभयो ।