कञ्चनपुरको पुनर्वास–११ अमरवस्तीमा रहेको राष्ट्रिय माध्यामिक बिद्यालयले होली खेलेर झण्डै २ लाख जम्मा गरेको छ । बिद्यालयको बाहीरी पर्खाल माथी तारजाली गर्ने उद्देश्यका साथ होली खेलेको थियो । विद्यालयले होली खेलेर १ लाख ९८ हजार ५९ रुपैया बचत गरेको बिद्यालयका प्रधानाध्यापक नवराज पाण्डेयले जानकारी दिनुभयो । ८ हजार ४ सय ५ रुपैया खर्च भएको बताउदै योजना अनुसारको काम छिटो भन्दा छिटो सम्पन्न गर्ने उद्देश्य विद्यालयले राखेको उहाँले बताउनुभयो । योजनाहरु धेरै भएपनी क्रमागत रुपमा रकमको पुगअपुग अवस्था हेरेर अन्य कामहरु पनी गर्न सकिने उहाँले बताउनुभयो ।

वडा प्रतिनिधि, बिद्यालय ब्यवस्थापन समितीका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, अभिभावक, पत्रकार लगायतको उपस्थितीमा होली खेलेर जम्मा गरेको रकम सार्वजनीक गरीएको राष्ट्रिय माध्यामिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष टेक वहादुर खडकाले जानकारी दिनुभयो । विद्यालयको भौतीक सुधारका लागी आगामी दिनहरुमा पनी सबैको साथ सहयोग आवश्यक पर्ने बताउदै सहयोगी सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो ।