कञ्चनपुरको पुनर्वास ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई एजुकेसन सपोर्ट कार्यक्रम अन्तरगत स्कुल ब्याग स्टेशनरी तथा हाइजनिक किट सहितको शैक्षिक साम्रग्री वितरण गरिएको छ । चाईना फाउन्डेसनको आर्थिक सहयोग तथा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को समन्वयमा बिद्यालयमा अध्यनरत प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्मका ३ सय ५० जना बिद्यार्थीहरुलाइ उक्त सामाग्रीहरु बितरण गरीएको हो ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय माध्यमिक विद्यालयका प्राधानाध्यापक नवराज पाण्डेयले चाईना फाउन्डेसन र पेसवानलाई धन्यबाद ज्ञापन गर्नुभयो । बिद्यार्थीहरुले प्राप्त गरेको उक्त सामाग्रीहरुले बिद्यार्थीलाई मात्रै नभएर बिद्यालयको हितमा रहेको उहाँले बताउनुभयो ।यस्तै कार्यक्रममा बोल्दै पुनर्वास ११ का वडाध्यक्ष तुलसी अर्यालले पेसवानले उपलब्ध गराएको शैक्षिक सामाग्रीहरु सहि तरीकाले सदुपयोग बिद्यार्थीहरुले नै गर्नूपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै पेसवानका उपाध्यक्ष पशुपती थापाले विद्यालय झोला, खाजा बक्स, पानी बोतल, स्टेशनरी तथा हाइजनिक किट सहितको १८ वटा सामाग्रीहरु सहितको शैक्षिक सामग्रीहरु वितरण गरिएको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्ष टेक बहादुर खडकाले सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनहरुमा पनी संस्थाले बिद्यालयलाई सहयोग गर्ने अपेक्षा आफुले लिएको बताउनुभयो । राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्ने ३ सय ५० जना बिद्यार्थीहरुले उक्त सामाग्रीहरु प्राप्त गरेका हुन्। झोला सहित आवश्यक सामाग्रीहरु प्राप्त गरेपछी बिद्याहरु समेत खुशी भएका छन् ।