कञ्चनपरको पुनर्वास १० भिमबिकासवस्तीमा रहेको श्री बिजय माध्यामिक बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुले अनिवार्य आफ्ना बच्चा सोहि बिद्यालयमा भर्ना गराउनु पर्ने नियम बनाएको छ । शैक्षिकसत्र २०८२ देखी बिद्यालयमा अध्यापन गराउदै आएका शिक्षकहरुले अनिवार्य रुपमा आफ्ना बालबालीकालाई सोही बिद्यालयमा भर्ना गराउनु पर्ने नियम बनाएको हो ।

पछिल्लो समय शिक्षक, अभिभावक, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा स्थानीयहरुको माग अनुसार नै सो निर्णय गरीएको बिद्यालयका प्रधानाध्यापक भवानीदत्त अवस्थीले जानकारी दिनुभयो । बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षहरुकोे संयुक्त बैठकले नयाँ शैक्षिकसत्रमा लागु गर्ने गरी निर्णय गरेको बिद्यालयका अध्यक्ष गगन सिंह धामीले जानकारी दिनुभयो । सो निर्णय पालना नगरे आवश्यकीय कार्वाही गर्ने उहाँले बताउनुभयो ।