कञ्चनपुरको पुनर्वासमा एकदिने निःशुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुनर्वास नगरपालिका वडा नंम्वर ६ को आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा झण्डै एकसय जना महिलाहरुले सेवा लिएका छन् । उक्त निःशुल्क प्रजनन् स्वास्थ्य शिविरमा ओपिडी सेवा, पाठेघर खस्ने समस्या तथा महिलाहरुमा देखीने बिभिन्न समस्याहरुको पहिचान गरीएको पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले बताउनुभयो । यस्तै शिविरमा गर्भवती महिलालाई आवश्यक परामर्श, स्त्रीरोग सम्बन्धि सेवा समेत उपलब्ध गराइएको उहाँले बताउनुभयो । शिबिरमा प्रजनन् स्वास्थ्य सम्बन्धि स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत उपलब्ध गराएको उहाँले बताउनुभयो ।

यस्तै शिबिरमा सेवा लिएकामध्ये १५ जनाको अवस्था शंकास्पद भेट्टीएको र थप उपचारका लागी रेफर गरीएको पुनर्वास–६ का वडाध्यक्ष मित्र सिंह लामाले जानकारी दिनुभयो । वडाले स्वास्थ्य शिबिर मात्रै नभएर बिभिन्न समयमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले वडाबासीको हितमा हुने कामहरु आगामी दिनहरुमा पनी गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


शिबिरमा समस्या देखीएकाहरुलाई आवश्यक औषधी बितरण समेत गरीएको थियो । शिबिरमा गेटा अस्पतालका बरिष्ट स्त्रिरोग बिशषज्ञ जगदीश प्रसाद भट्टले सेवा दिनु भएको थियो ।