कञ्चनपुरको पुनर्वासमा समुदायस्तरीय क्षयरोग (टीबी) सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । क्षयरोगीको सक्रिय खोजी तथा पाँच वर्षमुनिका बालबालिकाहरूको टीबी रोकथाम ( Tuberculosis Preventive Therapy-TPT ) का लागी अभीमुखीकरण गरीएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा सहभागीहरूलाई क्षयरोगका लक्षण, संक्रमणको माध्यम, परीक्षण तथा उपचारका उपायबारे जानकारी दिएको स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत समुदायमा घरदैलो गरी संभावित क्षयरोगीहरूको पहिचान तथा परीक्षण गरिने बताउनुभयो । साथै, क्षयरोग प्रभावित व्यक्तिहरूका प्रत्यक्ष सम्पर्कमा रहेका पाँच वर्षमुनिका बालबालिकाहरूलाई टि.पि.टी. मार्फत रोगबाट सुरक्षित राख्ने काम भैरहेको उहाँले बताउनु भयो ।


अहिले पुनर्वासमा ९७ जना क्षयरोगी पहिचान संगै औषधी उपचार भैरहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख धामीले जानकारी दिनुभयो । गत आर्थीक बर्ष २०८०र८१ मा १ सय ३ जना क्षयरोगका बिरामी पत्ता लागेको उहाँले बताउनुभयो । पुनर्वास नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा वडास्वास्थ्य केन्द्रका कर्मचारी, महिला स्वास्थ्य स्वयंम सेविकाहरुको सहभागिता रहेको थियो।