कञ्चनपुरको पुनर्वासमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आशिष मण्डली डोकेबजारको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम भएको हो । आशिष मण्डली डोकेबजारको २५ औँ बार्षिक उत्सबको अवशर पारेर रक्तदान गरीएको आशिष मण्डलीका बरिष्ट पास्टर हेमराज न्यौपाने बताउनुभयो । ईसुख्रिष्टले मानिहरुले गरेको पापको क्षमा गर्न आजैका दिन रगत बगाएको सम्झना गर्दै रक्तदान गरीएको उहाँ बताउनुहुन्छ ।

यस्तै आशिष मण्डली डोकेबजारले बिभिन्न समयमा सामाजीक कार्यहरु गर्दै आएको आशिष मण्डलीका बरिष्ट पास्टर न्यौपाने बताउनुभयो । उहाँले यसबर्ष हरेक महिना मण्डलीले सामाजीक कामहरु गर्ने प्रतिबद्धता जनाउनुभयो । रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । सो कार्यक्रममा पुनर्वास ११ का वडाध्यक्ष प्रमुख अतिथी रहनु भएको थियो । रक्तदाताहरुलाई प्रमाण पत्र सहित सम्मान गरीएको छ ।