नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला पुनर्वास पुग्नु भएको छ । ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत पुनर्वास पुग्नु भएका पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि प्रचण्ड सहितको टिमलाई पुनर्वास नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ । स्वागत तथा अभिनन्दन कार्यक्रममा पुनर्वास उद्योग बाणीज्य संघले समेत बिभिन्न माग राख्दै प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । पुनर्वास उद्योग बाणीज्य संघको तर्फबाट संघका अध्यक्ष राजकुमार रायमाझीले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि प्रचण्डलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

ज्ञापन पत्रमा के छ ?

उपरोक्त विषय सम्वन्धमा सम्माननिय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यू पूर्व पश्चिम भ्रमणको शिलशिलामा पुनर्वास नगरपालिका पाल्नु भएको अवसरमा उहाँ लगायत भ्रमण टोलीमा पाल्नु भएका महानुभावहरुमा हार्दिक स्वागत गर्दछौ। विभिन्न समयमा यस नगरपालिकामा उहांको भ्रमणहरुबाट यहाँका नगरवासीहरु कृतज्ञता प्रकट गर्दछौ । भ्रमण मुकाममा पाल्नु भएको अवसरमा यहाँका केही महत्वपुर्ण समस्याहरुलाई सक्याता पूर्वक सरकार संग पहल गरि रहनु भएको र थप प्रभावकारी रुपमा तपसिलका बुँदा गत योजनाहरुलाई आ.व.२०८२÷८३ को केन्द्र सरकारको बजेटमा पार्न पहल गरिदिन हुन यो ज्ञापन पत्र पेश गरिन्छ ।

मागहरु :

१. पुनर्वासको खल्ला सिमाना व्यवस्थित गरि छोटी भन्सार स्थापना गर्न पहल गरिदिन हुन अनुरोध गर्दछौ ।

२. पुनर्वासको प्रमुख पर्यटकिय स्थल प्यारातालको विकासको लागि आवस्यक बजेट विनियोजन गर्न पहल गरिदिन हुन अनुरोध गर्दछौ ।

३. हरेक बर्ष दोदा नदी आउने बाढी नियन्त्रणका लागि तटवन्ध सम्पन्न गर्न आवस्यक बजेटको पहल गरिदिन हुन अनुरोध गर्दछौ ।

४. पुनर्वास ३, आई.वि.आर.डी बजार स्थीत पैसट्टी विगाह जमिनमा मिनि स्टेडियम बनाउन आवस्यक बजेटको विनियोजन गर्न सरकार संग पहल गरिदिन हुन अनुरोध गर्दछौ ।

ज्ञापन पत्र बुझ्दै पार्टि अध्यक्ष प्रचण्डले पुनवासको बिकास निम्ती आफुले गर्नुपर्ने कामहरु गर्दै बिभिन्न निकायमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।