कञ्चनपुरको पुनर्वासमा बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स शाखा पुनर्वासले पुनर्वास–४ मा बीमा सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा विशेषगरी पुनर्वास–४ भित्र बसोबास गर्ने कक्षा ११ र १२ पास गरेका र हाल अध्ययनरत युवायुवती तथा स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रममा जीवन बीमाको महत्व र यसको विभिन्न पक्षहरूबारे व्यापक छलफल गरीएको थियो । नागरिकहरूमा बीमा प्रतिको चेतना अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरीएको सूर्यज्योति लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख मोहन पूरीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै पुनर्वास–४का वडाध्यक्ष मनोज जैशीले बीमा क्षेत्रमा जनचेतना अभावका कारण धेरै मानिसहरू अझै पनि जीवन बीमाको आवश्यकताबारे अनभिज्ञ रहेको बताउनुभयो । सोही कारण इन्स्योरेन्स संगको समन्वयमा कार्यक्रम सञ्चालन गरी स्थानीय स्तरमा बीमाको पहुँच र प्रभावकारिता बढाउने उद्देश्य लिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय सूर्य ज्योति लाइफ इन्सुरेन्सले सूर्यज्योति इलेक्ट्रोनिक कर्जा, सूर्य जति डिजिटल केयर कार्ड सुरु गरेको छ । इन्सुरेन्सले ३५ प्राणघातक रोगको उपचारका लागि ५० लाखसम्मको उपचार खर्च दिने व्यवस्था गरेको बताउँदै बीमा दाबी भुक्तानीमा पनि आफूहरू शीर्ष स्थानमा रहेको दाबी गरेको छ। कार्यक्रममा सहभागीहरुले बीमा के हो, यसको आवश्यकता किन पर्छ, बीमाले भविष्यमा कसरी आर्थिक सुरक्षा प्रदान गर्छ भन्ने लगायतका विषयमा छलफल गरेका थिए । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपालको एक अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो, जसले देशका विभिन्न स्थानमा जीवन बीमा सेवा विस्तार गर्दै आएको छ। कम्पनीले नियमित रूपमा बीमा सचेतना तथा ग्राहक सेवा अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।