कञ्चनपुरको पुनर्वासमा सिकलसेल एनिमिया र थलेसिमिया रोगसम्बन्धी स्वास्थ्य शिबर सम्पन्न भएको छ । पुनर्वास ११ स्थित आधारभुत स्वास्थ्य केन्द्र अमरबस्तीमा आयोजना भएको शिबिरमा २ सय ९७ जनाले रगत परिक्षण गराएको स्वास्थ्य कार्यालय कञ्चनपुरका सिकलसेल एनिमिया रोगका फोकल पर्सन सिद्धराज भट्टले बताउनुभयो । २ सय २ सय ९७ जनाको रगत परीक्षण गर्दा ४४ जनामा पोजेटिभ केस पत्ता लागेको उहाँले बताउनुभयो ।

शिबिरमा बोल्दै आधारभुत स्वास्थ्य केन्द्र अमरबस्तीका प्रमुख (सिनियर अहेब) हरीभक्त अवस्थीले पुनर्वास ११ मा शिबिर आयोजना गर्ने स्वास्थ्य कार्यालय कञ्चनपुर र पुनर्वास नगरपालिकालाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले शिबीरबाट पत्ता लागेको पोजेटीभ केसहरुको थप रक्त परिक्षण र निदानका लागी नमुना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी पठाउने बताउनुभयो ।

पुनर्वास नगरपालिका भित्र बैशाख ३१ गते पुनर्वास १ मा रहेको कालिका स्वास्थ्य चौकी, जेठ १ गते पुनर्वास ५ मा रहेको त्रिभुवन स्वास्थ्य चौकी र जेठ २ गते शुक्रबार (आज) पुनर्वास ११ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना र पुनर्वास नगरपालिकाको समन्वयमा शिबिर भएको हो ।