कञ्चनपुरको पुनर्वासमा न्यायमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले न्यायिक तथा अर्धन्यायिक निकायहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुनर्वास नगरपालिकाको नगर उपप्रमुख तथा न्यायीक समिती संयोजक भुलीया कुमारी रानाले कार्यक्रमको उद्घाटन गर्दै समुदायमा न्यायको अनुभूति गराउन वडा स्तरमा रहेका संयन्त्रहरूको क्षमता अभिवृद्धि गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले सामुदायिक मेलमिलापकर्ताहरूले सानातिना विवादहरू वडामा नै समाधान गरेर फाइल पेस गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी वडा अध्यक्षहरूले स्थानीय स्तरमा आएका विवादहरू समाधान गर्न मेलमिलापकर्ताहरुले खासै चासो नदेखाएको बताएका छन् । उनिहरुले वडा स्तरमा रहेका मेलमिलापकर्ता सँग समन्वय गरी पालिकामा दर्ता हुन आएका उजुरीहरुलाई वडामा नै फिर्ता गर्नुपर्ने बताएका छन् । वडाबाट उजुरी उपर कुनै पनी कार्वाही गर्न नसकीए मात्रै पालिकाको न्यायीक समितीले त्यसमा हेर्ने ब्यवस्था गर्नुपर्ने बताएका छन् ।

सामुदायिक मेलमिलापकर्ताहरूले तालिम, स्रोत र आवश्यक प्राविधिक सहयोग प्राप्त भएमा न्यायमा पहुँचलाई थप सहज बनाउन सकिने बताएका छन् । मेलमिलापकर्ताहरूले कार्यक्रमले स्थानीय तहमा न्यायिक निकायहरूबीच समन्वय, भूमिकाको स्पष्टता र क्षमता विकास मार्फत नागरिक मैत्री न्याय प्रणालीको विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।  कार्यक्रममा वडा अध्यक्षहरू, सामुदायिक मेलमिलापकर्ता तथा वडा संयोजकहरूको सक्रिय सहभागिता रहेको थियो । पुनर्वास नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले न्यायिक प्रणालीमा नागरिकको पहुँचलाई अझ प्रभावकारी बनाउने बिश्वास ब्यक्त गरीएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले न्यायिक निकाय र अर्धन्यायिक निकायहरूको जिम्मेवारी स्पष्ट पार्दै, समुदाय स्तरमै विवाद समाधानका लागी पहल गर्नुपर्ने बताउका छन् ।