कञ्चनपुरको पुनर्वास ८ क गाउँमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड परासनको १५ औँ वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । संस्थाको तत्कालीन अध्यक्ष धर्मकला पौडेलकै संयोजकत्वमा पुन नयाँ समिति गठन भएको छ ।

सहकारीको अध्यक्ष पोडेल संगै उपाध्यक्षमा ईश्वरा गौतम निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरूमा सावित्री तामाङ, इन्दिरा राना, दुर्गा केसी, गोमा कुमारी जोशी अनिता बुढा, लक्ष्मी ढुङ्गाना र कमला कुमारी राना निर्वाचित हुनु भएको सहकारीले जनाएको छ ।

लेखा समिति संयोजकमा मेनका शर्मा र सदस्यहरूमा मनमाया तामाङ र मिना जिसी निर्वाचित हुनु भएको छ । सञ्चालक समितिको सदस्य बन्न प्रत्येक अन्तर समुह बाट एकएक जना छनौट गरी पठाइएको थियो ।