दीपक नेपाल : नेपाल–भारत सीमाको रक्षा गर्दै सहादत प्राप्त गरेका सहिद गोविन्द गौतमलाई आज पनि राज्यले उचित रूपमा सम्झन सकेको छैन। नौ बर्ष अघि आजकै दिन २०७३ साल फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्दबजार नजिकै सीमा क्षेत्रमा भएको विवादका क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गौतमले ज्यान गुमाएका थिए।  भारतीय पक्षले कल्भर्ट निर्माण गर्दा नेपाली भूमि मिचिएको भन्दै स्थानीयवासी खबरदारी र आन्दोलनमा उत्रिएका थिए। सोही क्रममा आन्दोलनमा सहभागी रहेका गौतममाथि गोली प्रहार भएको थियो। गोली लागेपछि उनी घटनास्थलमै ढलेका थिए।