हेमन्त न्यौपाने : पुनर्वास नगरपालिकाको ३ लाख अनि सहकारीहरुबाट २ लाख रकमको बजेटमा यतिखेर नगरप्रमुख तोय प्रसाद शर्माको अगुवाइमा पुनर्वासको एउटा टोलि अवलोकन भ्रमणमा निस्किएको छ । जसको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

अवलोकन भ्रमणमा पुनर्वास नगरपालिका प्रशासन अधिकृत तथा सहकारी बिभाग प्रमुख धौलराम सार्कीका अनुसार पुनर्वासका २२ सहकारीका अध्यक्ष व्यवस्थापक, अनि नगर प्रमुख लगायत अन्य व्यक्ति गरि ५३ जना सहभागी भएका छन ।

सधै एउटै व्यक्तिले घुम्ने अवसर पाउने, त्यो भ्रमणको कुनै उपलब्धि नहुने, अवलोकन भ्रमण भएता पनि मनोरञ्जनका लागि मात्र भ्रमण भएको देखिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

असक्षम मेयरको उपमा पाएका नगर प्रमुख तोय प्रसाद शर्मा मनोरञ्जनका गतिविधिमा मात्र सहभागी हुने, विकास र निर्माणको काममा कहिल्यै चासो नदेखाउने व्यक्ति भन्दै आलोचना हुने गरेको छ ।

सहकारी सञ्चालन गर्न गारो भइरहेका अनि सधै घाटामै रहेका सहकारीहरुपनि घुम्ने कार्यक्रममा सहभागी हुनु लज्जास्पद भएको टिप्पणी भइरहेको छ । स-साना उद्यमी तथा कृषक लगनीकर्ताको लगनी मस्तीमा सक्ने काम भएको भन्दै सामाजिक सञ्जालबाटै असन्तुष्टि देखिएको हो ।

अवलोकन भ्रमणको उपलब्धि देखाउन नसक्नु, सहि व्यक्ति छनौट हुन नसक्नु, असम्बन्धित व्यक्तिहरु समेत सहभागी हुनु जस्ता विषयमा टिका-टिप्प्णी भइरहेको छ ।