कञ्चनपुरको पुनर्वास नगरपालिका–९ सीताबस्ती स्थित दोदा नदीमा अचानक पानीको बहाव बढ्दा नदी पारि फसेका पुनर्वास –८ कंकडका पाँच जना स्थानीय महिला हरूको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।


उद्धार गरिएका महिलाहरूमा पुनर्वास नगरपालिका–८ कंकड  बस्ने ३५ वर्षीया जनैमती राना, ४५ वर्षीया रामबेटी राना, २८ वर्षीया रबिना राना तथा २१ वर्षीया संगिता राना र २४ वर्षीया देवकी राना रहेका छन् । उनीहरूलाई सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।


घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) बिचफाँटबाट सशस्त्र प्रहरी नायब निरीक्षक शान्त बहादुर सुनारको कमाण्डमा ७ जनाको टोली उद्धार कार्यका लागि  खटिएको थियो । उद्धार टोलीले स्थानीय बासिन्दासँग समन्वय गर्दै डोरी, ट्युब र लाइफ ज्याकेट लगायतका विपद् उद्धार सामग्री प्रयोग गरी उद्धार ल उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।