सुदूरपश्चिम स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयमा नेपाली सेना हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमको आन्तरिक अध्ययन भ्रमण (IST) का क्रममा पाल्नु भएका नेपाली सेनाका अधिकृतहरुसँग अन्तरक्रिया सम्पन्न भयो ।     अध्ययन भ्रमणका क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यालयमा पाल्नु भएका नेपाली सेनाका हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थी अधिकृत हरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यालयको तर्फबाट सीमा सुरक्षा, बिपद ब्यवस्थापन, आन्तरिक सुरक्षा, राजस्व अभिबृद्दी गर्न देखिएका चुनौति र समाधानका प्रयास र अन्य सुरक्षा निकाय विच समन्वयको अवस्था तथा अपेक्षाको विषयहरुमा प्रस्तुतिकरण गरिएको थियो ।

उक्त कार्यक्रममा सहायक रथी डा. रञ्जित थापा, सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपती सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग बिजय सुवेदी, सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरीका सह-चिपअफ स्टाप महा सेनानी विश्वनाथ तिमिल्सेना, महासेनानीहरु, सहायक बाहिनीपती सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक चित्रांगद दाहाल लगायत नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयमा कार्यरत अधिकृतहरुको उपस्थिति रहेको थियो ।