कञ्चनपुरको पुनर्वासमा बिपद् जोखीम न्युनीकरण तथा ब्यवस्थापन एकीकृत लैङ्गीक समानता, लैङ्गीक विभेदमा आधारीत हिंसा र यसको कानुनी प्रावधान सम्वन्धि एकदिने अभिमुखीकरण सम्पन्न भएको छ ।

मर्सिकोर नेपालको एमरेड परियोजना अन्तरगत विपद् प्रभावित समुदाय (पुनर्वास र लालझाडी) का सामुदायिक विपद व्यवस्थापन समितिका सदस्यहरू लगायत प्रभावित क्षेत्रका युवाहरूलाई विपद्को समयमा हुनसक्ने हिंसा, हिंसा न्यूनीकरणका लागि गरिने पहलहरू, विपदको हरेक चरणमा गर्नुपर्ने कार्यहरू लगायतको विषयमा अभिमुखीकरण गरिएको मर्सीकोरमा कार्यरत संगीता अधिकारीले जानकारी दिनुभयो ।

यस्तै विपदको समयमा महिला बालबालिका अपाङ्गता भएका व्यक्तित्वहरु उच्च जोखिममा हुनुको साथै र हिंसामा पर्न सक्ने सम्भावना भएकाले उनीहरूलाई विपदको हरेक चरणमा प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सहभागी सामुदायिक विपद व्यवस्थापन समितिका सदस्यहरूले मर्सिकोर नेपालको एमरेड परियोजना अन्तर्गत विपद प्रभावित समुदायमा गरिएको कामको प्रशंसा गरेका छन्। समुदायमा युवाको परिचालन, विपदको समयमा युवाहरूको भूमिका र जिम्मेवारी बोध गराउने काम गरेको उनीहरुले बताएका छन्।

कार्यक्रममा पुनर्वास र लालझाडीको सामुदायिक विपत व्यवस्थापन समितिका सदस्यहरु, प्रभावित क्षेत्रका युवाहरू, पत्रकार लगायतको सहभागिता रहेको थिय ।