कञ्चनपुरको पुनर्वासमा सुचिकृत बेरोजगारहरुका लागी ५० दिने डकर्मी तथा सडक मर्मत सम्भार तालीम सम्पन्न भएकोे छ । कार्यस्थलमा आधारीत सिप बिकास तथा जीवन उपयोगी तालीम रोजगार सेवा केन्द्र पुनर्वासको आयोजनामा सञ्चालन गरीएको रोजगार संयोजक शुशिला देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्रि रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको आर्थीक सहयोग र सेवा प्रदायक संस्था बिसीटिसी कञ्चनपुरको सहयोगमा चलेको तालीम बिहिबार सम्पन्न भएको छ ।

पुनर्वास ७, ८, ९, १० र ११ का ४० जना सुचिकृत बेरोजगारहरु तालीममा सहभागी भएका थिए । पुनर्वास ७, ८ र ९ मा सडक मर्मत सम्भार तालीम र पुनर्वास १० र ११ मा डकर्मी सम्बन्धि तालीम सञ्चालन गरीएको रोजगार संयोजक शुशिला देउवाले जानकारी दिनुभयो ।

तालीम समापन कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले डकर्मी तथा सडक मर्मत सम्भार तालीम लिइ सकेका सुचिकृत बेरोजगारहरु अब स्वरोगार बन्ने बताउनुभयो । हिजोसम्म हातमा सिप थिएन्, काम कसरी गर्ने जानकारी थिएन् अब ५० दिन सम्म सिकेको सिप देखाउने समय आएको उहाँले बताउनुभयो । तालीममा सहभागीहरुलाई स्थानीय स्तरमा मात्रै नभइ पालीका भित्र हुने बिकास निर्माण वा अन्य आयोजनाहरुमा पनी सहभागी गराइने उहाँले बताउनुभयो ।

तालीम समापन कार्यक्रममा बोल्दै सेवा प्रदायक संस्था बिसीटिसी कञ्चनपुरका अध्यक्ष मनोज चन्दले डकर्मी तथा सडक मर्मत सम्भार तालीमबाट घर निर्माण गर्न आवश्यक पर्ने कामहरु, दक्ष मिस्त्रि उत्पादनमा जोड दिएको बताउनुभयो ।

तालीममा सहभागीले सधै घरधन्दामा ब्यस्त हुनेहरुले केही नयाँ काम सिक्न पाएको बताएका छन् । घर निर्माणका लागी आवश्यक पर्ने मिस्त्रि हेल्पर लगायतको काममा अब आफुहरु पनी सहभागी हुने उनिहरु बताउछन् ।