यतिबेला युटुबमा “एउटै मुटु” बोलको गीत सार्वजनिक भएको छ । प्रकास धितालको निर्देशनमा बनेको सो गीतमा धनगढीका सागर गौतमको अभिनय समेत रहेको छ । गौतम संगै चर्चित टिकटक स्टार तथा मोडल स्मारीका ढकाल र रमेश दियालीको अभिनय देख्न सकिन्छ । यो पहिलो प्रयास संगै सागर गौतमको मोडलिङ क्षेत्रमा प्रबेश गरेका छन् । आगामी दिनहरुमा पनी अभिनय क्षेत्रमा आफुलाई अघि बढाउदै जाने मोडल सागर गौतम बताउनु हुन्छ ।

“एउटै मुटु” बोलको गीतमा माया प्रेम अबिश्वास र धोका देखाउन खोजीएको निर्देशक प्रकास धितालले बताउनुभयो । अहिलेको यथार्थता र त्यस्ले निम्ताउन सक्ने अवस्था देखाउन खोजीएको उहाँले बताउनुभो ।  गितमा सुवास घटानीले स्वर दिएका छन् । भने अभिनास शंकर र देबेन्द्र नेवाको शब्द रहेको छ । टेकेन्द्र शाहको सम्पादनमा बनको सो गीत सोम गुरुङ अफिसियल युटुब च्यानल मार्फत सार्वजनीक गरीएको हो ।