कञ्चनपुरको पुनर्वासमा सिकलसेल एनिमिया र थलेसिमिया रोगसम्बन्धी स्वास्थ्य शिबर सम्पन्न भएको छ । पुनर्वास १ मा रहेको कालीका स्वास्थ्य चौकीमा आयोजना भएको शिबिरमा ४ सय १३ जनाले रगत परिक्षण गराएको कालीका स्वास्थ्य चौकीका इन्चार्ज मञ्जु खडकाले जानकारी दिनुभयो । उहाँले पुनर्वास १ मा शिबिर आयोजना गर्ने स्वास्थ्य कार्यालय कञ्चनपुर र पुनर्वास नगरपालिकालाई धन्यवाद ब्यक्त गर्नुभयो ।

शिबिरमा ४ सय १३ जनाले रगत परिक्षण गरेकोमा ३४ जना पोजेटिभ केस पत्ता लागेको कालीका स्वास्थ्य चौकीका इन्चार्ज मञ्जु खडकाले बताउनुभयो । उनिहरुको थप रक्त परिक्षण र निदानका लागी नमुना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी पठाइएको बताउनुभयो । स्वास्थ्य कार्यालय कञ्चनपुरका सिकलसेल एनिमिया रोगका फोकल पर्सन सिद्धराज भट्टले शिबिरमा स्थानीयको उल्लेखनीय सहभागीता रहेको बताउनुभयो । बिहिबार जेठ १ गते पुनर्वास ५ मा रहेको त्रिभुवन स्वास्थ्य चौकी र जेठ २ गते शुक्रबार पुनर्वास ११ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिबिरको आयोजना हुने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना र पुनर्वास नगरपालिकाको समन्वयमा शिबिर भएको हो ।