कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह कञ्चनपुरको पुनर्वास स्थित पर्यटकीय स्थल प्यारा ताल अवलोकनमा बुधबार पुगेका हुन ।

स्वस्फूर्त नागरिक जागरणद्वारा पर्यटन बिकासको पहल सुरु गरिएको पुनर्वासको प्रमुख पर्यटकीय स्थल प्यारा ताल अबलोकनमा मुख्यमन्त्री शाह संगै सुदूरपश्चिम सरकारका सामाजिक बिकास मन्त्री मेघराज खड्का , आर्थिक मन्त्री बहादुरसिंह थापा , बिधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्ट , प्रदेश सभा सदस्य बिक्रम सिंह धामी , पुनर्वास नगर प्रमुख तोय प्रसाद शर्मा लगायतको टोलि प्याराताल पुगेको थियो ।


स्थानीय सरकार र नागरिकहरुको स्वस्फुर्त पहलमा पर्यटकीय गन्तव्य बन्दै गएको सदावहार जलाशय प्यारा तालमा पुगेका मुख्यमन्त्री शाहले ताल परिसरमा निर्माणाधीन संरचनाहरुको स्थलगत अवलोकन गरेका थिए ।

बुधवार पुनर्वास पुगेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहको टोलिले प्यारा ताल , दिव्य धाम , कोटिहोम मन्दिर र रानाथारु संग्राहलयको अवलोकन गरेको थियो ।