सुदुर पश्चिम प्रदेश भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।

२०८२ असार १३ गते निर्वाचित नयाँ कार्यसमितिलाई काम गर्न नदिएको, खाता रोक्का गरिएको, केन्द्रीय समितिले हरेक काममा सहयोग गरेको, विधान वमोजिम प्रदेश अध्यक्षलाइ संघिय कार्यसमितिको वैठकमा सहभागि नगराएको भन्दै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको लक्ष्मण बिकले बताउनुभयो ।

तालाबन्दी गर्ने समूहका संयोजक नरेन्द्र प्रसाद जोशीले प्रेस विज्ञप्ति जारी गर्दै संघीय अध्यक्षको मनोमानी र गैरजिम्मेवार गतिविधिहरुको ५ बुदा व्यक्त गर्नुभयो । साथै उहाँले संघीय अध्यक्षले तत्काल राजीनामा दिई, ५ बुँदे सहमति अनुसार संघीय कार्यसमितिको अधिवेशन यथा सिघ्र सम्पन्न गराउन तदर्थ समिति बनाउनु पर्नेमा जोड दिनुभयो ।

 

यस्तै सुदूरपश्चिम प्रदेश महासंघको वैधानिक कार्यसमितिले निर्वाध रुपमा आफ्नो काम गर्न सक्ने वातावरण तयार गर्न तुरुन्तै बैंक खाता खोल्न र विधान वमोजिम प्रदेश अध्यक्षलाइ संघिय कार्यसमितिको वैठकमा सहभागि गराउन माग गर्दै तालाबन्दी गरिएको उहाँले जानकारी दिनुभयो ।

 

प्रेस विज्ञप्ति:

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशको अधिवेशन मिति २०८२ असार १३ गते सुदुरपश्चिम प्रदेश समाजिक विकास मन्त्री श्री मेघराज खड्‌काको प्रमुख आतिथ्यतामा विधिवत् रुपमा सम्पन्न भई नयाँ कार्यसमिति गठन भएको कुरा सर्वविदितै छ । तर, यसरी वैधानिक रूपमा गठन भएको समितिलाई व्यक्तिगत मनोमानीका आधारमा “अबैधानिक” भन्दै संघीय अध्यक्ष श्री देबिदत आचार्यले प्रदेश कार्यालयको नाममा रहेका सम्पुर्ण बैंकलाइ भाद्र ५ गते केन्द्रबाट पत्रचार गराइ खाताbबन्द गराउनुका साथै संस्थागत गतिविधि नै अवरुद्ध पार्ने कार्य गरेको र सुशासन विपरित कार्यक्रमका पैसा कर्मचारीको व्यक्तिगत खातामा रकम पठाउने गरेर दुरुपयोग गरेको विषय प्रति यस प्रदेश महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

हामी पत्रकार मित्रहरुलाई स्पष्ट रूपमा बताउन चाहन्छौँ कि संघीय तहबाट सुदूरपश्चिम प्रदेश महासंघप्रति देविदत्त आचार्य महासंघको संघिय अध्यक्ष भए देखि नै फरक व्यवहार हुँदै आएको छ। विगतमा पनि विधान विपरित राजनितिक आस्थालाइ आधार बनाइ प्रदेश अध्यक्ष र सदस्यहरुलाइ निलम्वन गर्ने ।

संगठनको संरचनाअनुसार संघीय कार्यालयले सबै प्रदेशसँग समन्वय, सहकार्य र संरक्षण गर्दै प्रदेशगत गतिविधि स्वतन्त्र रुपमा अघि बढाउने वातावरण सुनिश्चित गर्नुपर्ने हुन्छ। तर, उल्टै वैधानिक प्रदेश समितिलाई बदनाम गर्दै बन्दक बनाउने, निर्णय प्रकृयामा अस्वाभाविक अवरोध सिर्जना गर्ने प्रदेशको अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्ने कार्य हुँदै आएको छ, जुन अत्यन्त आपतिजनक छ।

हामी यो पनि उल्लेख गर्न चाहन्छौँ-

संघीय अध्यक्षको मनोमानी र गैरजिम्मेवार गतिविधिहरु :

१. प्रदेशलाई जानकारी नदिई मनपरी ढङ्‌गले आफूलाई लाभ हुने प्रतिनिधिहरु मात्र बोलाई कार्यक्रम सञ्चालन गर्ने ।

२. जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा भएको ५ बुँदे सहमतिअनुसार २०८२ असार मसान्तभित्र संघीय अधिवेशन अनिवार्य गर्ने प्रतिबद्धता हुँदा पनि, अधिवेशन नगरेर अवैधानिक रुपमा आफ्नो कार्यकाल आफै मनोपलि ढंगले थप्दै यस्ता गलत गतिविधि गरिरहेका छन ।

३. संघीय कार्यालयका विभिन्न गतिविधिमा चरम आर्थिक अनियमितता, आफैले गठन गरेको छानविन समितिको प्रतिवेदनले समेत १५ लाख भन्दा वढि अनियमितता पुष्टि गरेको भए पनि प्रतिवेदन सार्वजनिक नगर्नु ।

४. संस्थागत निर्णयमा मन नपरेका कर्मचारीलाई नियमविपरीत बर्खास्त गर्ने, अदालतबाट पुनर्बहाली भएपछि समेत हाजिर नगराउदा२० लाख रुपैयाँभन्दा बढी संस्थालाई क्षति पुऱ्याउने काम अध्यक्षले गरेको।

५. मानव अधिकार हननसम्बन्धी उजुरीमा मानव अधिकार आयोगबाट दोषी ठहर गरिपीडितलाई रु. १ लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला आएको तथ्य। यसरी निरन्तर भइरहेको गैरकानूनी गतिविधि, आर्थिक अपारदर्शिता, निर्णय प्रक्रियामा मनोमानी, संस्थागत सुसासनविरुद्धका कार्य र प्रदेश महासंघलाई कमजोर बनाउने उ‌द्देश्यले गरिएका प्रदेशका क्षेत्राधिकार भित्र गरिएका हस्तक्षेपकारी कदमले अध्यक्ष पदमा रहने नैतिक आधार समेत गुमेको स्पष्ट हुन्छ।

हाम्रो मागहरु :

संघीय अध्यक्षले तत्काल राजीनामा दिई, ५ बुँदे सहमतिअनुसार संघीय कार्यसमितिको अधिवेशन यथा सिघ्र सम्पन्न गराउन तदर्थ समिति बनाउनु पर्ने ।

सुदूरपश्चिम प्रदेश महासंघको वैधानिक कार्यसमितिले निर्वाध रुपमा आफ्नो काम गर्न सक्ने वातावरण तयार गर्न तुरुन्तै बैंक खाता खोल्न र विधान वमोजिम प्रदेश अध्यक्षलाइ संघिय कार्यसमितिको वैठकमा सहभागि गराउन हामी जोडदार माग गर्दछौं।

तालाबन्दीको घोषणा :

वैधानिक रूपमा गठन भएको प्रदेश कार्यसमितिलाई कार्य सञ्चालनका लागि वैकखाता खुल्ला र अनुकूल वातावरण नबनाइ दिएसम्म, आजदेखि यसै पत्रकार सम्मेलन मार्फत सुदूरपश्चिम प्रदेश महासंघ अफिसमा तालाबन्दी गर्ने घोषणा गर्दछौं ।