धनबहादुर बिक – पुनर्वास नगरपालिका ९ मा एकदिने आँखा शिविर सञ्चालन गरिएको छ , शिविरमा ३४८ जनाले सेवा लिएका छन । जसमध्ये १७७ सामान्य विरामि लाई आँखाको औषधि प्रदान गरिएको थियो भने १०३ जनालाई निशुल्क चस्मा वितरण गरिएको थियो ,  ५९ जना आँखा विरामिलाई वडाको सिफारिसमा निशुल्क मोतियाबिन्दु को अप्रेसन हुने वडा अध्यक्ष नरबहादुर बिकले जनाएका छन ।

 लक्ष्मि सनराईज बैंक लिमिटेड धनगढी शाखाको आयोजना तथा धनगढी नेत्रालय आँखा अस्पताल धनगढी कैलालीको प्राविधिक सहयोग एबं पुनर्वास नगरपालिका ९ को सहकार्य मा उक्त आँखा शिविर सञ्चालन गरिएको हो ।

सामाजिक उत्तरदायित्व पूरा गर्न का निमित्त निशुल्क आँखा शिविर सञ्चालन गरिएको सनराईज बैंकका कार्यक्रम अधिकृत सुरेश भट्ट ले बताए । पुनर्वास नगरपालिका ९ को विकट बस्तिमा आँखा शिविर सञ्चालन गरि सर्वसाधारणलाई सेवा दिन पाउँदा खुसी लागेको वडा अध्यक्ष बिकले बताए ।

शिविरमा आयोजक सनराईज बैंक का कार्यक्रम अधिकृत सुरेश भट्ट , बैंकका पुनर्वास स्थानीय सहजकर्ता युवराज पौडेल आँखा चेकजाँच मा धनगढी नेत्रालय आँखा अस्पतालका स्वास्थ्यकर्मी संगिता वम , बबिता चन्द ,ललिता चौधरी र प्रमोद राना रहेका थिए भने वडाका जनप्रतिनिधि हरू वडा अध्यक्ष नरबहादुर बिक , वडा सदस्य राजन राजन सुनार , मणिनाथ बोगटी लगायत सेवाग्राहीलाई सेवा प्रदानका निमित खटिएका थिए ।