कञ्चनपुरको पुनर्वास ८ क गाउँमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड परासनको १५ औँ वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच संस्थाको अध्यक्ष धर्मकला पौडेलको अध्यक्षता र नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक तथा प्रदेश कृषि संघका संयोजक धर्मसिंह कुँवरको प्रमुख आतिथ्यतामा १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक तथा प्रदेश कृषि सङ्घका संयोजक धर्मसिंह कुँवरले सहकारीले स्थानीय स्तरमा दिएको आर्थीक योगदानको चर्चा गर्नुभयो । रिण लगेर फिर्ता नगर्ने अहिले बिकारल अवस्था सिर्जना भएको बताउदै रिणको बिमा गर्नुपर्नेमा जोड दिनुभयो ।

एउटै ब्यक्ति बिभिन्न सहकारीमा आबद्ध हुने, सबैतिर बाट रिण लिने, र रिण नतिर्ने सदस्यहरुबाट बच्न आवश्यक रहेको उहाँले बताउनु  भयो । अहिले सहकारीमा अहिले १ हजार ७ सय ८८ सेयर सदस्य हुनु गर्वको कुरा रहेको उहाँले बताउनुभयो । शेयर सदस्यहरूमा पनि सहकारी हाम्रो हो भन्ने भावना हुनुपर्ने बताउँदै, सहकारीको पूर्ण स्वामित्व सेयर सदस्यहरूमा निर्भर रहेको बताउनुभयो । सहकारीलाई कस्तो बनाउने भन्ने कुरा सेयर सदस्यहरूकै हातमा रहेको उहाँले बताउनुभयो । गाउँघरमा स्थापना भएर एक–एक रुपैया संकलन गरी सहकारीले अहिले झण्डै २ करोड नाफा कमाउन सफल भएको बताउँदै उहाँले सहकारी सञ्चालक, सेयर सदस्यहरूमा कृतज्ञता व्यक्त गर्नुभयो ।

यस्तै साधारण सभामा साना किसान कृषि सहकारी संस्था लिमिटेड परासनका अध्यक्ष धर्मकला पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विसं २०६६ पुस ९ गते सहकारी स्थापना भई हालसम्म पुग्दा १ हजार ७ सय ८८ सदस्यहरू सहकारीमा आबद्ध भएको उहाँले जानकारी दिनुभयो । सहकारीले आर्थिक वर्ष २०८१÷८२ मा ५ करोड ८ लाख ६ हजार ९ सय ४३ आम्दानी गरेको छ भने ३ करोड १४ लाख ३६ हजार ८ सय १५ खर्च गरी १ करोड ९३ लाख ७० हजार १ सय २८ नाफा कमाउन सफल भएको उहाँले बताउनुभयो ।

यस्तै आर्थिक वर्ष २०८१÷८२ मा सहकारीले २६ करोड १९ लाख १ हजार कुल लगानी गरेको थियो भने २३ करोड ८१ लाख ५९ हजार कुल असुली गरेको उहाँले जानकारी दिनुभयो । यस्तै सहकारीले आर्थिक वर्ष २०८२÷८३ मा ५ करोड ७४ लाख ४० हजार आम्दानी गर्ने र २ करोड ५ लाख ७५ हजार नाफा कमाउने प्रस्तावित लक्ष्य राखेको सहकारीको अध्यक्ष धर्मकला पौडेलले जानकारी दिनुभयो ।

साधारण सभा कार्यक्रममा पुनर्वासका वडाध्यक्ष राना श्रवण, पुनर्वास नगरपालिका सहकारी शाखा प्रमुख धौलाराम सार्की, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाका अधिकृत कृृष्ण गोबिन्द ढुङ्गेल, बरिष्ठ साहायक योगराज जोशी, लगायतको उपस्थिति रहेको थियो । प्रदेस बचत तथा रिण सहकारी संस्था लिमिटेडका सचिब डिल्ली प्रसाद शर्मा लगायत बिभिन्न सहकारीबाट आमन्त्रित प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।