कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० मा रहेको श्री विजय माध्यमिक विद्यालयको ५४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले गर्नुभएको थियो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथीको आसनबाट बोल्नु हुदै उपप्रमुख रानाले आफुपनी सोही बिद्यालय बाट पढेर अघिबढेको बताउनुभयो । उहाँले शिक्षा नै समृद्ध समाजको आधार भएको बताउँदै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त    गर्नुभयो ।

पालिकाले मात्रै चाहेर नहुने बताउदै वार्षिक उत्सव तथा अभिभावक दिवसमा समेत अभिभावकको न्युन उपस्थिती देख्दा दुःख लागेको उहाँले बताउनुभयो । उहाँले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्यले मात्र गुणस्तरीय शिक्षा सम्भव रहेको बताउनुभयो । यस्तैै उहाँले आफुलाई पढाउनु भएको शिक्षकहरुको स्मरण गर्दै आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगका लागी आफु सधै तत्पर रहेको बताउनुभयो ।

वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत टिकटकर लोकेश पाल ठकुरी झोलेले २० जना अति विपन्न विद्यार्थीहरूलाई झोला वितरण गर्नुभएको थियो । वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्नु हुदै कार्यक्रमाका सभापती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन सिंह धामीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयले शिक्षासँगै अनुशासन, नैतिकता र संस्कारमा पनि जोड दिँदै आएको उल्लेख गर्नुभयो ।

पछिल्लो समय आफुले बिद्यालय सुधारका लागी धेरै काम गर्न खोजेको भएपनी अभिभावकहरु बाट साथ नपाएको गुनासो गर्नुभयो । बिद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने आफ्नो उद्देश्य रहेपनी कतैबाट साथ नपाएको उहाँले बताउनुभयो । वार्षिक उत्सव तथा अभिभावक दिवसमा समेत अभिभावक नआउनु दुर्भाग्यपुर्ण अवस्था रहेको भन्दै उहाँले दुखेसो ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुराएका ब्यक्तित्वहरु, पुर्व शिक्षकहरु, अभिभाबकहरु लाई समेत सम्मान गरीएको थियो । यसैबिच कृपांसी मिडीया हाउस प्रा.लीद्धारा सञ्चालीत अनमोल प्रेसका अध्यक्ष तथा पत्रकार केशब भट्टराई लाई समेत सम्मान गरीएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा बिभिन्न प्रस्तुतिहरु देखाएका थिए । अभिभावक दिवसले विद्यालय र अभिभावक बीचको सम्बन्ध अझ सुदृढ भएको सहभागीहरूले बताएका छन् ।