उहाँ हुनुहुन्छ, कृष्णपुरका प्रकाश रावल । धेरैले उहाँलाई “केरावाला म:म दाई” भनेर चिन्छन् । तपाईँहरू धनगढी अत्तरिया हुँदै महेन्द्रनगर जाँदै हुनुहुन्छ भने कृष्णपुर नगरपालिका गुलरियामा बजार स्थित कञ्चन बहुमुखी क्याम्पसको ठ्याक्कै अगाडिपट्टि एउटा ठेलामा म:म बेच्दै गरेको भेटिनुहुन्छ प्रकाश रावल ।

उमेरले ४५-४८ वर्षका जस्ता देख्ने रावल एकदमै फुर्तिलो हुनुहुन्छ । दिनमा झण्डै डेढ सय जति प्लेट म:म बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । विगत २० वर्षदेखि म:म बेच्दै जीविकोपार्जन गरिराख्नुभएका रावलले मासिक ४०-५० हजार नाफा कमाई गरिराख्नु भएको छ।

उहाँको ठेलामा म:म खान आउने ग्राहकहरू पनि एकदमै खुसी हुनुहुन्छ। म:म खान आउनुभएका ग्राहकहरूको मुख नै रसाउने गरी मिठो मम बनाउने गरेको बताउँछन्। त्यहाँको मम एकदमै स्वादिष्ट मिल्ने गरेको उनीहरू बताउँछन् ।

हेर्दा सानो ठेला भएपनि, केराको म:म मात्र होइन, चिकन म:म, म:मको सुप, समेत बेच्ने गरेको रावलले बताउनुभयो।