काठमाण्डौँ : राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ । शुक्रबार (आज) अमेरिकी डलर एकको खरिददर १ सय ३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ४० रूपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १ सय ४४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ४५ रूपैयाँ ५८ पैसा तोकिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १ सय ७३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ७४ रूपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १ सय ५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ५५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १ सय ३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १ सय ३ रूपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।