कञ्चनपुरको पुनर्वासमा फाल्गुन २६ गते सोमबार बाट कक्षा आठको आधारभुत तह उत्तिण परिक्षा शूरु हुने भएको छ । फाल्गुन २६ गते सोमबार पहिलो दिन अंग्रेजी बिषयको परिक्षा हुने पुनर्वासको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शिबराज भट्टले जानकारी दिनुभयो । यस्तै फाल्गुन २७ गते मंगलबार नेपाली२८ गते बुधबार सामाजीक अध्ययन तथा मानब मल्य शिक्षा बिषयको परिक्षा हुने शाखाका प्रमुख भट्टले बताउनुभयो ।
फाल्गुन २९ र चैत्र १ गते होली पर्ब परेको र चैत्र २ गते शनिबार परेकाले बिचमा ३ दिन बिदा छ । यस्तै परिक्षा चैत्र ३ गते आइतबार बाट निरन्तर चल्ने छ । चैत्र ३ गते आइतबार गणीत र चैत्र ४ गते सोमबार बिज्ञान तथा प्रविधि बिषयको परिक्षा हुने शाखाका प्रमुख भट्टले बताउनुभयो ।
यस्तै चैत्र ५ गते मंगलबार स्बास्थ्य शारिरिक तथा सिर्जनात्मक कला चैत्र ६ गते बुधबार अन्तिममा हाम्रो पुनर्वास बिषयको परिक्षा हुने    छ । कक्षा आठको आधारभुत तह उत्तिण परिक्षा सञ्चालनका लागी यस बर्र्ष ९ वटा विद्यालयहरुलाई परीक्षा केन्द्र बनाइएको छ ।

परिक्षा केन्द्रको विबरण :

सरस्वती, रामबुद्ध र, शान्ति माध्यामीक बिद्यालय, मालिका र सरस्वती आधारभुत बिद्यालयका साथै नवयुुग बिद्या निकेतन र कञ्चन न्यु ब्लुम फिल्ड एकेडमी गरी ७ बिद्यालयको परिक्षा केन्द्र जनशक्ती आधारभुत विद्यालय बिर बलभद्र वस्ती पुनर्वास १ लाई तोकीएको छ ।

यस्तै अरनिको, जनशक्ती र ऐश्वर्य आधारभुत विद्यालय तथा ब्रिलीएण्ट स्टार इ. स्कुल, सिद्धार्थ बिद्या निकेतन र एजी इ. हाइ स्कुल गरी ६ बिद्यालयको परिक्षा केन्द्र सरस्वती माध्यामीक बिद्यालय मोतिवस्ति पुनर्वास २ लाई तोकीएको छ ।

यता एस.पी.एल एकेडमी, दुर्गा र सिद्धार्थ पब्लिक माध्यामीक बिद्यालय, तथा बाल रुपान्तर बो. स्कुल गरी ४ बिद्यालयको परिक्षा केन्द्र श्री जनकल्याण माध्यामीक बिद्यालय आइबीआरडी पुनर्वास ३ लाई तोकीएको छ ।

यस्तै जनकल्याण र पुनर्वास जनता माध्यामीक बिद्यालय, त्रिभुवन एकेडमी, पुनर्वास पब्लिक स्कुल, चन्द्रवाल आधारभुत विद्यालय र भानु मेमोरीएल बो. स्कुल गरी ६ बिद्यालयको परिक्षा केन्द्र गौरीशंकर माध्यामीक बिद्यालय भानुवस्ती पुनर्वास ५ लाई तोकीएको छ ।

यता गौरीशंकर र जीवन ज्योती माध्यामीक बिद्यालय तथा युगज्योती एकेडमी र खप्तड इ. बो. स्कुल गरी ४ बिद्यालयको परिक्षा केन्द्र श्री पुनर्वास जनता माध्यामीक बिद्यालय त्रिभुवनवस्ती पुनर्वास ६ लाई तोकीएको छ ।

यस्तै बाल बागीश्वरी र जीवनशक्ती माध्यामीक बिद्यालय तथा ओरेण्ट इ. बो. स्कुल, एजी एजी इ.स्कुल, अंलकार पब्लिक स्कुल र समशिक्षा इण्टरनेशनल निकेतन गरी ६ बिद्यालयको परिक्षा केन्द्र श्री बागीश्वरी माध्यामीक बिद्यालय पृथ्वीवस्ती पुनर्वास ८ लाई तोकीएको छ ।

यस्तै बागीश्वरी र राष्ट्रिय माध्यामीक बिद्यालय तथा प्रिती गार्डेन इ. स्कुल र सीतावस्ती पब्लिक स्कुल गरी ४ बिद्यालयको परिक्षा केन्द श्री जीवनशक्ति माध्यामीक बिद्यालय सीतावस्ती पुनर्वास ९ लाई तोकीएको छ ।

यता राष्ट्रिय माध्यामीक बिद्यालय, दुर्गा माध्यामीक इ. स्कुल र फारवेष्ट इण्टरनेशनल स्कुल गरी ३ बिद्यालयको परिक्षा केन्द्र श्री विजय माध्यामीक बिद्यालय भिम–विकासवस्ती पुनर्वास १० लाई तोकीएको छ । भने विजय माध्यामीक बिद्यालय, आदर्श इ. स्कुल, पपुलर इ. बो. स्कुल, पशुपती शिक्षा मन्दिर र कञ्चन पब्लिक स्कुल गरी ५ बिद्यालयको परिक्षा केन्द श्री राष्ट्रिय माध्यामीक बिद्यालय अमरवस्ती पुनर्वास ११ लाई तोकीएको छ ।

पुनर्वास नगरपालिकाले परिक्षा सफल र मर्याधित बनाउन सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न बिद्यार्थी तथा अभिभाबकहरुलाई आग्रह गरेको छ ।