कञ्चनपुरको पुनर्वासमा देउराली खोलामा डुबेर एक जनाको मृ*त्यु भएको छ । पुनर्वास – ११ अमरबस्ती शान्तिटोल बस्ने अन्दाजी ५५ बर्षीयको रञ्जीत नेपालीको खोलामा डुबेर ज्यान गएको हो । माघ २२ गते देखी सम्पर्कबिहिन भएका नेपालीको खोलामा डुबेको अवस्थामा शव फेला परेको थियो । स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । अहिले शवलाई पोष्टमार्टमका लागी सेती प्रादेशीक अस्पताल पठाइएको र घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।