“सबै महिला तथा बालबालिकाको लागी ः अधिकार, समानता र सशक्तिकरण” भन्ने मुल नाराका साथ ११५ औं अन्तराष्ट्रिय महिला दिवसको कंचनपुरको पुनर्वासमा भब्यताका साथ मनाइएको छ । पुनर्वास नगरपालिकाको आयोजनामा विभिन्न क्षेत्रमा योगदान पुराएका महिलाहरुलाई सम्मान गरिएको थियो । पुनर्वास नगरपालिका बाट निस्कीएको प्रभातफेरी आईबिआरडी बजार परिक्रमा गर्दै पालिकामा पुगेर सम्पन्न भएको थियो । प्रभातफेरीमा बिभिन्न ब्यानर, पर्चा सहित, महिला अधिकारकर्मी, बिद्यार्थीहरु र स्थानीयको सहभागीता रहेको थियो ।


अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर पुनर्वास नगरपालिकाले महिलाहरुको पाठेघरको मुखको र स्तन क्यान्र चेकजाँच सम्वन्धि शिविर पनी चलाएको थियो । सो शिबरमा १ सय जना महिलाहरुले सेवा लिएको पालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले जनाएको छ ।

कार्यक्रममा पुनर्वास नगरपालिकाको निबर्तमान उपप्रमुख शारदा बिष्ट सहित विभिन्न क्षेत्रमा योगदान पुराउने महिलाहरुलाई सम्मान गरीएको थियो । पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाको संयोजक्तामा भएको कर्यक्रमा नगर प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य महिला अधिकारकर्मी देबि लोहनीले राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत महिला कर्मचारी, नेपाल प्रहरी, महिला अधिकारकर्मी, महिला स्वास्थ्य स्वयम् सेबिका, स्थानिय महिला, बिद्यार्थी तथा बालबालिकाहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मिरा चन्दले गर्नु भएको थियो ।